सराङकोट सहकारीको सभा

पोखरा ।
सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार भएको छ । यसले स्थापनादेखि सामुदायिक रेडियो सराङकोट तथा बचत तथा ऋण कारोबार गर्दै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
संस्थाको सेयर पुँजी ५ करोड ५७ लाख, ऋण लगानी ५६ करोड र कुल बचत ५२ करोड रहेको कोषाध्यक्ष राममणि पौडेलले बताए । सभामा ज्येष्ठ सदस्य झपटबहादुर थापाले सहकारीको विकासका लागि सदस्यको सक्रियता र सहभागिता जरुरी हुने औंल्याए ।
सभामा उपाध्यक्ष वसन्तबहादुर बाँनिया, सचिव कुलप्रसाद सुवेदी, रेडियो सराङकोटका प्रबन्ध निर्देशक अर्जुनबहादुर बस्नेत, कोषाध्यक्ष राममणि पौडेल, लेखा संयोजक शिवबहादुर बाँनिया, कर्जा संयोजक रमेशकुमार थापा, सल्लाहकार ईन्द्रकमल मानन्धर, व्यवस्थापक सुरेन्द्र थापा, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, पूर्व सञ्चालक सदस्य रामचन्द्र थापा, सदस्य गणेशबहादुर अधिकारी, शिक्षा संयोजक जयराम पौडेल, महिला समिति संयोजक मायाकुमारी शर्मा, सञ्चालक सदस्य विकल पौडेल, तारादेवी थापा लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थामा स्थापनादेखि सहयोग गर्ने सल्लाहकार दुर्गाबहादुर सुनार, सामाजिक शैक्षिक क्षेत्रका उत्कृष्ट सदस्य, रेडियोका विज्ञापनदाता र उत्कृष्ट कर्मचारीको रुपमा प्रेमनारायण सिग्देल सम्मानित भए ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया