शिशुवा सहकारीमा नवीन

समाधान संवाददाता २०७९ असोज १० गते १७:५६

लेखनाथ ।
पोखरा ३० मा रहेको शिशुवा बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले नवीनप्रसाद बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा निवर्तमान सचिव भरतराज न्यौपाने र लेखा समितिको संयोजकमा ध्रुव कल्पित सुवेदी निर्विरोध भएका छन् ।

Advertisement

सभामा गण्डकी प्रदेश राष्ट्रिय सहकारी रजिस्ट्रारको कार्यालय पोखराका रजिस्टार रमेश घर्तीले साधारण सभामा आउने भत्ता बुझने र खाना खाएपछि हिड्ने प्रचलनले सहकारी प्रभावकारी नहुने बताए । उनले भने, ‘सेयर सदस्यले संस्थाप्रति चासो देखाउँदै खबरदारी, गुनासो र समस्याका बारेमा जानकार हुनुपर्छ ।’

संस्थाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा सदस्य विनोदप्रसाद लामिछाने, वडा सदस्य उमा परियार, ज्येष्ठ सेयर सदस्य बामदेव शर्मा जमरकट्टेल, सचिव भरतराज न्यौपाने, उपाध्यक्ष नवीनप्रसाद बास्तोला, निवर्तमान अध्यक्ष लक्ष्मण बास्तोला लगायतले सहकारीको नीति, नियम अनुसार नचल्दा भविश्यमा समस्या आउन सक्ने बताए ।

सभामा उत्कृष्ट कारोबारतर्फ केशवराज तिवारी र राजु शर्मा नियमित कारोबारीको तर्फबाट श्यामसुन्दर श्रेष्ठ र दीपक शर्मा र असल कारोबारीको तर्फबाट खेमु विक र विमाया नेपालीलाई सम्मान गरियो । २०६४ सालमा स्थापना भएको सहकारीले यो सहकारीमा २ हजार ३ सय ८० सेयर सदस्य छ । यसको सेयर पुँजी ६ करोड ७५ लाख २२ हजार ३ सय रुपैयाँ छ ।

Advertisement

तपाईको प्रतिक्रिया