कास्की दरवारमा दशै उत्सव सुरु नेपालकै लोपउन्मुख सरुङ खेल फुलपातीमा प्रर्दशन

समाधान संवाददाता २०७९ असोज १० गते १८:५८

पाेखरा ।

कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरीएको छ । गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रीक र वैदीक तरीकाले पुजाहुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमी सम्म पाणा पुजारीहरु मन्दीरमानै वसेर गुप्तकालीकाको पुजा गर्ने प्रचलन रहेको छ ।
वडा दशैमा यहाँ नेपालमा नै लोप उन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भयो । कास्कीकोटमा दशैको वेलामा वजाइने नगरा , सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरीने भएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ ।

कास्की दरवारमा घटस्थापनाको दिन विधीवद तरीकाले मन्दीरमा प्रवेश गरीन्छ । सप्तमीको दिन पोखराको राम घाट वाट ल्याइएको फुल पत्र र कुँवर जातीको सरुङ खेल सगै मन्दीरमा भित्राइने प्रचलन रहेको छ । अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दीरमा टिका लगाए पछि विधीवत रुपमा फुल वास्पानीमा लगेर विसर्जन गर्ने गरीन्छ ।

Advertisement


दशै उत्सवमा भतm जनहरुको सजिलोको लागी विभिन्न उप समिती निमार्ण गरीएको छ । गुप्तकालीका मन्दीरमा दशैको दश दिन दैनिक विभीन्न देवीको पुजाहुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन विश्वास रहेको छ ।
यहाँ पुजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनीक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दीरमा कास्की राज्यको स्थापना सगै यहाँ हरेक दशैमा विषेश पुजा हुदै आएको छ । यस ठाउँ वाट नै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरीन्छ । । लामो सय सम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् यस पटक पुजालाई व्यवस्थीत वनाउन पोखरा २४ वडा कार्यालयले वडाको पहिचान वोकेको कास्कीकोट दरवारलाई आर्थिक सहयोग सगै प्रर्वद्धनात्मक सहयोग गरेको वडा अध्क्षय भरत वहादुर अधिकारीले बताउनु भयो ।

Advertisement

तपाईको प्रतिक्रिया