रोजगारी सिर्जना गरी समृद्धिः भट्टराई

समाधान संवाददाता २०७९ असोज ११ गते १२:२१

पोखरा ।
निवर्तमान सांसद विद्या भट्टराई अधिकारीले सहकारी नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालन हुनुपर्ने बताएकी छन् । सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ घारीपाटनको १५ औं साधारणसभामा उनले सहकारीको माध्यमबाट रोजगारी सिर्जना गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने आवश्यकता औंल्याइन् ।

Advertisement

सार्वजनिक, निजी र सहकारीमार्पmत मुलुकको समृद्धि र लोकतन्त्रको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले सहकारी संस्थाहरु संगठित भएर उत्पादनसँग जोडिनुको विकल्प नभएको बताइन् । सहकारीमा युवा शक्तिको सक्रियता अपरिहार्य भएको उल्लेख गर्दै उनले सहकारी सञ्चालनमा देखिएका समस्या समाधानका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता गरिन् ।

नेप्सुन केन्द्रीय सञ्चालक कमला गिरिले सहकारी विभागद्वारा जारी ३५ बुँदे निर्देशनको पूर्णरुपमा पालना गरेर सहकारी सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले कोकोमिसमा आवद्ध हुन सहकारीहरुलाई आग्रह गरे । पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले सहकारीबीच समन्वय र सहकार्य गर्दै आवश्यकता एवं सम्भाव्यताका आधारमा उत्पादनसँग जोडिनुपर्ने विचार राखिन् ।

कार्यक्रममा सेयर सदस्य तथा एकाघरका परिवारका ज्येष्ठ नागरिक, विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थी र विश्वव्यापीरुपमा पैmलिएको कोभिड १९ संक्रमणलाई जित्न सफल तथा उत्कृष्ट बचतकर्ता र कारोबारीलाई सम्मान गरिएको थियो । संस्थाले सेयर सदस्यलाई उत्पादनसँग जोडिन र कृषिमा आवद्ध गराउने उद्देश्यका साथ प्रत्येक सेयर सदस्यलाई ३ सय ५० वटा कागतीका विरुवा वितरण गरिएको थियो । रोपिएका कागतीका विरुवाको अवस्था बुझेर प्रतिवेदन पेश गर्नका लागि अनुगम गरिने संस्थाका सचिव गणेश श्रेष्ठले जानकारी दिए ।

संस्थाका अध्यक्ष बासुदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ७ का वडा सदस्य वसुन्धरा लामिछाने, महानगर सहकारी संघ पोखरा अध्यक्ष बलराम गौतम, जिल्ला सहकारी संघ कास्की कोषाध्यक्ष नवराज बरालले सहकारीको नीति, नियमको अवस्था, महत्व र सेयर सदस्य एवम् सञ्चालकको भूमिकामाथि चर्चा गरे ।

Advertisement

कार्यक्रममा सहकारीका उपाध्यक्ष पवित्रा जिसी र सेयर सदस्य दुर्गाकुमारी शर्मा पौडेलले पनि बोलेका थिए । सभाले अध्यक्ष वासुदेव पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष धनबहादुर रानाभाटले आर्थिक र लेखा सुपरिवेक्षण समिति संयोजक रुकुमबहादुर जिसीले लेखा प्रतिवेदन पेश गरे ।

तपाईको प्रतिक्रिया