विश्व पर्यटन दिवस: जोमसोममा पर्यटकलाई स्वागत

सुन्दरकुमार थकाली २०७९ असोज ११ गते १४:१६

जोमसोम ।
कोरोना कहरका कारण विगत ३ वर्षसम्म विश्व पर्यटन दिवस प्रभावित बन्दै आईरहेकोमा यसवर्ष विश्व पर्यटन दिवस मुस्ताङमा मनाइएको छ । अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन् भन्दै पोखरा–जोमसोम हवाई मार्ग हुँदै मुस्ताङ आईपुगेका विदेशी पर्यटकलाई मंगलबार जोमसोम विमान स्थलमा भव्य स्वागत गरिएको हो ।

Advertisement

कोभिडपछिको विश्व पर्यटन दिवसलाई चलाएमान तुल्याउन ‘रिथिङ्किङ टुरिजम’ अर्थात कोभिडपछिको विश्वमा पर्यटनलाई पूर्ण बिचार गर्नका लागि विश्व समुदायलाई अपिल गर्ने उद्देश्य उक्त नारा तय गरिएको हो ।

कोभिडपछिको ३ वर्षसम्म अवरुद्ध बनेको विश्व पर्यटन दिवस यसवर्ष मुस्ताङको जोमसोममा मनाईएको हो । विश्व पर्यटनलाई पुर्नरताजगी गर्ने उद्देश्यसहित राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण सरक्षणक्षेत्र आयोजना,ईलाका सरक्षण कार्यालय जोमसोमले विश्व पर्यटन दिवसको आयोजना गरेको हो ।

Advertisement

बाईट प्रमुख: अशोक सुवेदी (एक्याप)
विश्व पर्यटन दिवसका अवसरमा हवाई मार्गबाट मुस्ताङ अवतरण गरेका पर्यटकलाई स्वागत गर्न मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्मा,जिसस प्रमुख माया गुरुङ, घरपझोङ गापाका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली, सुरक्षा निकाय, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, एक्याप, पुथाङ महिला समुह र स्थानीय पर्यटन व्यवसायीहरु जोमसोम विमानस्थलमा पुगेका थिए । उनीहरुले जोमसोम विमान स्थल अवतरण गरेका पर्यटकलाई ढाका टोपी,पछ्यौरा,खाँदा र फुल उपहार दिएर भव्य स्वागत गरे ।

भारतको कोलकत्तादेखि मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका भारतीय पर्यटक डा.ज्योतिष भारती सिंद्धिनाथले पर्यटन दिवसमा मुस्ताङको पर्यटक आतिथ्यताले आफुलाई उत्साहित तुल्याएको बताए । उनले मुस्ताङ जिल्ला भौगोलिक र प्राकृतिक सौन्दर्यले अतिनै सुन्दर रहेको र यहाँबाट फर्किएपछि सबै भारतीयलाई मुस्ताङ घुम्न अनुरोध गर्ने बताए ।

Advertisement

विश्व पर्यटन दिवसमा मुस्ताङ आईपुगेका पर्यटकलाई भव्य स्वागतपछि एक्याप जोमसोमको पर्यटक चेक पोष्टको प्राङ्गणमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन, एक्यापका कार्यालय प्रमुख अशोक सुवेदी र पुथाङ महिला समुहकी पूर्व अध्यक्ष मोहनकुमारी शेरचन लगायतले मुस्ताङको पर्यटन विकास र प्रर्वद्धनमा सरोकारवाला निकायले पहल गर्नुपर्ने बताए । गापाका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङका पर्यटन व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने बताए ।

कोभिड अघि बर्सेनि ६० हजार विदेशी पर्यटक मुस्ताङ आउने गथ्र्ये । कोभिडपछि यहाँको पर्यटनमा नराम्ररी प्रभावित बनेको थियो । कोरोना संक्रमण न्यूनिकरण हुँदै गर्दा गतवर्षदेखि मुस्ताङको पर्यटन विस्तारै लयमा आउन थालेको हो । गतवर्ष मुस्ताङमा ३८ हजार विदेशी पर्यटक मुस्ताङ आएका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया