पोखरा भित्रका पर्यटकीय स्थलको खोजी गर्न पदयात्रा
समाधान संवाददाता
२०७९ असोज ११ गते १५:२८

पोखरा ।
विश्व पर्यटन दिवसको अवसरमा पर्यटकीय स्थलको खोजी गर्न पदयात्रा गरिएको छ । मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १३ ट्रेकिङ एजेन्सीज एशोशिएसन अफ नेपाल टान, पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र एनआरएन गैह्र आवासीय नेपाली संघको संयुक्त आयोजनामा पदयात्रा भएको हो ।
पदयात्राको उदघाटन गैह्र आवासीय संघका अध्यक्ष रविना थापाले गरेकी थिइन् । पदयात्रामा विभिन्न संघसंस्था तथा नागरिक समाजका प्रतिनिधि गरी कूल २ सय जनाको सहभागी थियो ।
पदयात्राले महानगर भित्र रहेको पर्यटकीय स्थलको खोजी गर्न सहयोग गरेको पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालले बताए । यसरी आफ्नो क्षेत्रमा लुकेर रहेको स्थलको खोजी गर्नेलाई सबैले सहयोग गर्न पनि उनले आग्रह गरे ।

सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया