जयबराह सहकारीको साधारण सभा

पोखरा ।
जय बराह बचत तथा ऋण सहकारी संस्थाको ८ औं वार्षिक साधारण सभा भएको छ । साधारण सभाको उत्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले सहकारीले पैसा बचत गर्न सिकाएको र यसबाट धेरै शेयर सदस्यले फाइदा लिएको बताइन् ।
स्वागत भनाई राख्दै संस्थाका उपाध्यक्ष बासुदेब अधिकारीले स्थापना कालको तुलनामा वर्तमान अवस्थामा सहकारीको विकास र आकारमा परिर्वतन भएको बताए । एक वर्षभित्रमा शेयर सदस्य २०० भन्दा माथी पुर्याउने लक्ष्य रहेको बताए ।
वडाध्यक्ष टेकनाथ गौतमले धेरै सहकारीहरु शिक्षा, सञ्चालन ज्ञान र तरिका नहुँदा धरापमा परेका छन्, त्यसबाट सिकेर सहि तरिकाले संस्था सञ्चालन गर्नुपर्ने बताए । सहकारीको शेयर सदस्य बन्ने र संस्थालाई वडाको तर्फबाट साथ सहयोग गर्ने समेत उत्घोष गरे ।
संस्थाको अध्यक्षमा उमानाथ अधिकारी, उपाध्यक्षमा बासुदेब अधिकारी, सचिवमा उपेन्द्र अधिकारी, कोषाध्यक्षमा खिमलाल गौतम, र सदस्यमा पबित्रा दाहाल, केदारनाथ अधिकारी, बलराम अधिकारी, कृष्णप्रसाद अधिकारी, कपिलमणि अधिकारी छन्, भने लेखा समितिमा नबीनराज अधिकारी, एल. डी अधिकारी, सरस्वती अधिकारी रहेका छन् ।
संस्थाले गरेको प्रगति र राम्रो कामको प्रसंसा गर्दै रेडक्रस सोसाइटी धिताल शाखाका सभापती बिष्णुप्रसाद गौतम, संस्थाका सस्थापक अध्यक्ष काशीराम अधिकारी, पार्वती देवकोटा अधिकारीले आफ्नो धारणा राखे ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष उमानाथ अधिकारीले गरेका थिए, भने कार्यक्रम सञ्चालन संस्थाका सचिव उपेन्द्र अधिकारीले गरेका थिए ।









किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
सम्पादकीय—साहित्य र संस्कृतिको नयाँ आयम
नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया