मुनालको सभामा दुर्गा सम्मानित

पोखरा ।
मुनाल बचत तथा ऋण सहकारीको मंगलबार भएको चौधौं वार्षिक साधारण सभामा निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं सम्मानित भएका छन् । हुमागाईलार्ई वर्षभरि उत्कृष्ट वित्तीय कारोबार गरेबापत सम्मानित भएका हुन् । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा लगायतले उनलाई सम्मान गरे ।
बुढाले संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने बताए । उनले अहिलेको बजारको अवस्थालाई मध्यनजर गर्दै सहकारीहरूले आफ्ना सेयर सदस्यहरूलाई आयआर्जनका कार्यक्रममा आकर्षित गर्नुपर्ने विचार राखे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्याल, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख तथा प्रवक्ता डा. गृष्म नेउपाने, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ, नेपाल पत्रकार महासंघ, कास्की पूर्व सभापति दीपेन्द्र श्रेष्ठ, सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं, संस्थाका सल्लाहकार मेघनाथ काफ्ले, पृथ्वी बहुउद्देश्यीय सहकारी अध्यक्ष किरणप्रसाद बन्जारा, सहकारीका उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाईं, सदस्य डिलकुमारी पौडेल, सचिव नारायणबहादुर थापा, लेखा समितिका संयोजक रोशनजंग कार्की लगायतले बोलेका थिए ।
समारोहमा उत्कृष्ट कर्जा उपभोगकर्ताको रुपमा सेयर सदस्य कमल पाइजा र कर्मचारी रितेश जिसी पनि सम्मानित बने । सहकारीका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कोषाध्यक्ष रमेशकुमार पौडेलले संस्थाको हालको सेयर पुँजी ५ करोड ३९ लाख ७६ हजार ७ सय रहेको जानकारी गराए ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया