सर्वहित सहकारी १२ वर्षमा

समाधान संवाददाता २०७९ असोज १२ गते १३:३९

पोखरा ।
सर्वहित बचत तथा ऋण सहकारी पोखरा १८ चंखपुरको १२औं वार्षिक साधारण सभा भएको छ । कार्यक्रममा पोखरा महानगर सहकारी महाशाखा प्रमुख भरतप्रसाद पौडेलले मिल्दा उद्देश्य भएका सहकारी मर्ज र ब्याजदर समायोजन गरी आर्थिक तरलताको अवस्थालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले सहकारीको क्षेत्रमा महानगरले नयाँ कार्यत्रम ल्याउन लागेको बताए । देशको आर्थिक विकास र समृद्धिको यात्रा सफल बनाउन सहकारीले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । पौडेलले आगामी दिनमा आर्थिक त्रियाकलाप गर्न स्वदेशमा नै लगानी गरी रोजगार दिने, उत्पादन क्षेत्रमा सामूहिक सहकार्यको माध्यमद्वारा कृषि, उद्योग र व्यापारमा लगानी गरी देशको अर्थतन्त्रमा योगदान गर्न आग्रह गरे ।

संस्थापक अध्यक्ष मित्रमणि तिमिल्सिनाले कर्जा लगानी र निक्षेप संकलनमा मात्र केन्द्रित नभई आफ्नै उत्पादन गरी दीर्घकालीन रुपमा स्वरोजगार बनाउन योगदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना, निर्वतमान अध्यक्ष सूर्यप्रसाद तिमिल्सिना (मुना), रणबहादुर थापा, नेकपा एमाले पोखरा १८ अध्यक्ष पुश्कलबहादुर थापा, नेपाली कांग्रेस पोखरा १८ का कार्यबाहक वडा सभापति नारायणबहादुर खडका, गन्तव्य अन्नपूर्ण सकोस अध्यक्ष दीपेन्द्र तिमिल्सिना, मयूर सकोस अध्यक्ष मीनराज खडका, ,सेयर सदस्य वेदनिधि तिमिल्सिना लगायतले बोलेका थिए ।

Advertisement

सहकारीका अध्यक्ष शिव थापाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ सेयर सदस्य रंगनाथ तिमिल्सिनासहित पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो । सभाले अध्यक्ष शिव थापाको वार्षिक प्रगति प्रतिवेदन, सचिव वसन्त सुवेदीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष चिन्तामणि अधिकारी संस्थाको भावी योजना र आयव्यय प्रतिवेदन स्वीकृत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया