सुविधा साकोसमा अशोक

समाधान संवाददाता २०७९ असोज १३ गते १४:१७

पोखरा ।
सुविधा बचत तथा ऋण सहकारीको मंगलबार भएको १९ औं साधारण सभा तथा ७ औं अधिवेशनले फेरि अशोककुमार श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा सुदनकुमार मुल्मी चुनिए । वीरबहादुर अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ नेतृत्वका लागि सहजीकरण गरेको थियो ।

Advertisement

संस्थाका अध्यक्ष अशोककुमार श्रेष्ठले गत वर्षको वार्षिक प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित कार्यक्रम पेश गरे । गत वर्षको आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट कोषाध्यक्ष कृष्णमान ठुसाजुले प्रस्तुत गरे । लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक सुदनकुमार मुल्मीले प्रस्तुत गरेका थिए ।

सभामा ३ ज्येष्ठ सेयर सदस्य नीलबहादुर केसी, उदौ गिरी र रुद्रमाया गिरीलाई सम्मान गरियो । कार्यक्रममा सहकारीका सचिव राजु पौडेल, कार्यकारी निर्देशक सुशील बिजुक्छे, उपाध्यक्ष विक्रमनारायण बिजुक्छे लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया