कृस्ती–पोखरा सहकारीमा हस्त

समाधान संवाददाता २०७९ असोज १३ गते १४:५३

पोखरा ।
पोखरा १७ छोरेपाटनमा अवस्थित कृस्ती पोखरा मिलन सहकारीको नवौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले हस्तबहादुर केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ । कृष्णबहादुर थापा उपाध्यक्ष, पवित्रमणि भण्डारी सचिव, रमेश पहारी कोषाध्यक्ष र भरतबहादुर थापा सहसचिव चुनिएका छन् ।

Advertisement

नौ सदस्यीय नयाँ कार्यसमिति र गुप्तबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चुनिएको निर्वाचन समिति सचिव राजेन्द्रबहादुर थापाले जानकारी दिए । कार्यक्रममा जिसस कास्की प्रमुख लीलाधर पौडेलले सहकारीहरूलाई उद्दमशीलता सृजनामा केन्द्रीत हुन आग्रह गरे । उनले आयात प्रतिस्थापनको नीति उत्पादनमुखी नीतिबिना सम्भव नहुने भन्दै सोका लागि उत्पादनमुखी स्वरोजगार युबा बनाउन आग्रह गरे।

संस्थाका अध्यक्ष रविलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीपेन्द्र आचार्य, सचिव शिवबहादुर पोख्रेल, सल्लाहकार विजयराज आचार्य, संस्थापक सचिव राजेन्द्रबहादुर थापा, संस्थापक अध्यक्ष श्रीबहादुर रानाभाट, निवर्तमान अध्यक्ष कमलबहादुर रेग्मी, पोखरा २१ का अध्यक्ष दीपक सुवेदी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया