गण्डकीबाट प्रचण्ड सहित काेकाे छन् माओवादीका उम्मेदवार ?

समाधान संवाददाता २०७९ असोज २३ गते १०:४७

पोखरा ।

Advertisement

आसन्न निर्वाचनका लािग नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ ६ र प्रदेशसभामा तर्फ ११ उम्मेदवार टुंगो लगाएको हो । गण्डकीमा माओवादीका सबैभन्दा हेभिवेट उम्मेदवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनी गोरखा २ बाट चुनाव लड्ने छन् ।


माओवादी महासचिव देवप्रसाद गुरुङ लमजुङबाट लड्दै छन् । माओवादी नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ २ बाट उठ्ने पक्का भएको छ ।

यी हुन् माओवादीका उम्मेदवार प्रतिनिधिसभा तर्फ
गोरखा २– पुष्पकमल दाहाल ‘प्रचण्ड’
नवलपुर २– किसान शर्मा
लमजुङ– देवप्रसाद गुरुङ
कास्की ३– रामजी प्रसाद बराल
बागलुङ २– देवेन्द्र पौडैल
म्याग्दी– गोविन्द पौडेल

प्रदेश सभामा
मुस्ताङ १– चन्द्रबहादुर थकाली
पर्वत १ ‘क’– सुदीप कुँवर
कास्की १ ‘क’– दिपक कोइराला
कास्की २ ‘क’– विशवप्रकाश लामिछाने
कास्की ३ ‘ख’– दुर्गादत्त भण्डारी
स्याङ्जा १ ‘क’– अमृता थापा मगर
नवलपुर १ ‘ख’– लोकप्रसाद भुर्तेल
तनहुँ १ ‘ख’– हरिबहादुर चुमान
तनहुँ २ ‘क’– राजेन्द्रकेशरी न्यौपाने
गोरखा १ ‘क’– कृष्ण धिताल
मनाङ १ ‘क’– कपिल लामा

Advertisement

तपाईको प्रतिक्रिया