कास्की क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार गुरुङले गरे मनोनय दर्ता
समाधान संवाददाता
२०७९ असोज २३ गते १४:२६

पोखरा ।
एमाले कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङले मनोनयन दर्ता गरेका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्रनम्बर १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
गुरुङको प्रस्तावकमा वैनबहादुर अधिकारी क्षेत्री र समर्थकमा दिलिप न्यौपाने छन् । उनीसँग नेकपा एमालेका नेता खगराज अधिकारीले कास्की क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् ।

अधिकारीको प्रस्तावकमा टिकाराम पंगेनी छन् भने समर्थकमा कालिदास सुवेदी छन् । अधिकारी गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका छन् । कास्की १ ‘ख’ का उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ ले समेत उम्मेदवारी दर्ता गराएका छन् । पदम पौडेलको प्रस्ताव र सूर्य बानियाँको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया