कास्की क्षेत्र नम्बर १ ‘ख’ मा एमाले उम्मेदवार गुरुङले गरे मनोनय दर्ता
समाधान संवाददाता
२०७९ असोज २३ गते १४:४५

पोखरा ।
एमाले कास्की नेता वेदबहादुरु गुरुङ ‘श्यामले मनोनयन दर्ता गरेका छन् । उनले कास्की १ ‘ख’ मा उम्मेदवार दर्ता गराएका हुन् । पदम पौडेलको प्रस्ताव र सूर्य बानियाँको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले कास्की जिल्ला अध्यक्ष मनबहादुर गुरुङले मनोनयन दर्ता गरेका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्रनम्बर १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
गुरुङको प्रस्तावकमा वैनबहादुर अधिकारी क्षेत्री र समर्थकमा दिलिप न्यौपाने छन् । उनीसँग नेकपा एमालेका नेता खगराज अधिकारीले कास्की क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेदवारी दर्ता गराइसकेका छन् । अधिकारीको प्रस्तावकमा टिकाराम पंगेनी छन् भने समर्थकमा कालिदास सुवेदी छन् । अधिकारी गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका छन् ।
सम्बन्धित








चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया