सृजना विकास केन्द्र ४३ औं वर्षमा

पोखरा ।
सामाजिक संस्थाको रुपमा स्थापित सृजना विकास केन्द्रले ४३औं वार्षिक उत्सव मनाएको छ । संस्थाले वार्षिक उत्सवको अवसरमा मानव सेवा केन्द्रमा सहयोग वितरण, तथा शुभकामना आदानप्रदान गरिएको छ ।
२०३७ मा यूवा क्लबको रुपमा सुरुवात गरिएको केन्द्र मार्फत सृजना बहिरा विद्यालय, जनप्रिय बहुमुखी क्याम्पस, सृजना लघुवित्तको स्थापना सहित सृजना बालगृह, सृजना खानेपानी परियोजना सहित शिक्षा, स्वास्थय, केन्द्रीत सामाजिक कार्यहरु गरिदैँ आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
खुल्ला सडकमा परिवार विहीन भएर बसेका सबै उमेरका महिला पुरुषलाई सम्पूर्ण सेवा सहित पूर्ण आवासका लागि ८ करोडको लागतमा भवन निर्माण सुरु गरिएको र हाल पोखरामा मात्र २ सय भन्दा बढी आश्रीत रहेको निर्माण समितिका अध्यक्ष विष्णु प्रसाद बरालले जानकारी दिए ।
केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकारहरु हरि प्रसाद बराल, राजकुमार गिरी, विरेन्द्र नारायण विजुक्छे, परर्शुराम बराल निर्वतमान अध्यक्ष इन्द्र पौडेल प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, आश्रमको उपाध्यक्ष मदन थापा महासचिव विश्व श्रेष्ठलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा सुशान्त पौडेलेले जन्मदिनको अवसरमा फलफूल वितरण गरेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया