दृष्टि दिवसमा जनप्रतिनिधिको आँखा जाँच

पोखरा ।
नेपालको आँखाको उपचारको क्षेत्रमा ९० प्रतिशत योगदान नेपाल नेत्र ज्योति संघले गरेको छ । संघ कास्कीका सभापति तथा हिमालय आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर गुरुङले संघ अन्तर्गतका २७ अस्पताल, १ सय ४८ आँखा उपचार केन्द्र र ४४ शाखामार्फत नेपालका ९० प्रतिशतमा आँखा उपचार सेवा पुर्याएको जानकारी दिए ।
विश्व दृष्टि दिवस २०२२ को अवसरमा नेपाल नेत्र ज्योति संघ कास्की तथा हिमालय आँखा अस्पताल पोखराले बिहीबार पोखरा महानगरपालिकाका जनप्रतिनिधिका लागि आँखा जाँच तथा सचेतनामूलक कार्यक्रममा अध्यक्ष गुरुङले अस्पतालले सरकारले तोकेकोभन्दा कम शुल्कमा बिरामीको उपचार गरेको बताए ।
‘सरकारले १ सय ५० मा बहिरंग सेवा प्रदान गर्ने व्यवस्था गरेको भए पनि अस्पतालले सो सेवा ५० रुपैयाँमा गर्दै आएको छ,’ अध्यक्ष गुरुङले भने, ‘जनप्रतिनिधिले अति विपन्नलाई सिफारिस गरेको खण्डमा उपचार निशुल्क गर्ने व्यवस्था मिलाइएको छ ।’ उनले तनहुँको बन्दीपुरमा आँखा उपचार केन्द्र खोल्न लागेको जानकारी दिए ।
संघले नेपालका ७ सय ५३ स्थानीय तहमध्ये १ सय ५० मा आँखा उपचारको संरचना बनाएको बनाइसकेको छ ।
वरिष्ठ अधिवक्तासमेत रहेका गुरुङले संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा राखेको भएता पनि सरकारले आँखा उपचार सेवालाई प्राथमिकतामा नराखेको गुनासो गरे । उनले आँखा उपचारको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा टिक्ने र बिक्ने जनशक्ति तयार पारेको जानकारी दिए ।
पोखरा महानगरपालिकाका कार्यवहाक मेयर मञ्जुदेवी गुरुङले नेपाल नेत्र ज्योति संघको नेपालमा आँखाको उपचारमा अद्वितीय योगदान रहेको बताइन् । उनले गैर नाफामूलक र स्वयंसेवी ढंगले गरेको कामको सम्मान हुनुपर्ने उल्लेख गरिन् ।
हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठले कुनै पनि लक्षण विना आँखामा रोग लाग्न सक्ने बताइन् । उनले आँखाको नियमित हेरचाह र नियमित जाँच गर्न सुझाव दिइन् । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीप्रसाद आचार्यले विश्वमा ३१ प्रतिशत व्यक्ति कुनै न कुनै रुपमा दृष्टिको समस्या रहेको जानकारी दिए । सन्तुलित भोजन र भिटामिन ‘ए’को कमीले दृष्टिसम्बन्धी समस्या पर्ने उल्लेख गर्दै उनले नियमित रुपमा शारीरिक व्यायाम र व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने सुझाव दिए ।
अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठ, दृष्टि विशेषज्ञ नवीन बराल र अनुप सुवेदीले जनप्रतिनिधिको आँखा परीक्षण गरेका थिए । कार्यक्रममा ६५ जनप्रतिनिधिको आँखा जाँच गरेको कार्यक्रम संयोजक सुवास नेपालले जानकारी दिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया