नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगु पोजिटिभ
समाधान संवाददाता
२०७९ असोज २९ गते १९:४३

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ ।
गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए ।
उनका अनुसार डेंगु पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने सम्भावना भएकोले उनी टिमबाट अलग भएर कास्की स्थित चाउथे घरमा आराम गरिरहेकी छिन् ।
यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ । डाक्टरको सल्लाह अनुसार डेंगु पोजिटिभ देखिएपनि आत्तिहाल्ने अवस्था भने नरहेकोले अव छिट्टै सन्चो भएर पुनःखेलमा फर्किने संक्रमित खतिवडाले बताईन् ।
सम्बन्धित







समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया