प्राइम सहकारीकाे सभा

पोखरा ।
पोखराको गैह्रापाटनमा रहको प्राइम सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार भएको छ । कार्यक्रममा सहकारी रजिस्ट्रार कार्यालय गण्डकीका रमेश घर्तीले प्राइम सहकारीले राम्रो कारोबार गरेको बताए । उनले सहकारीलाई उत्पादनतर्फ लैजानुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख नरेश पाण्डेले सहकारीको महत्वको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यालयका इन्चार्ज यमकला पौडेल, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, मिडिया उपसमिति सदस्य सञ्जयकुमार मल्ल लगायतले बोलेका थिए ।
सहकारीले २ लाख ९७ हजारको अक्षयकोषको स्थापना गरेको छ । उक्त अक्षयकोष संस्थाका जेष्ठ सदसय थमबहादुर गुरुङ र चन्द्रकुमारी गुरुङले स्थापना गरेका हुन् । सहकारीले वर्षभरी कार्यालयमै आएर कारोबार गर्ने सदस्यमध्ये गोलाप्रथाद्वारा उत्कृष्ट कारोबार गर्नेलाई सम्मान गरेको छ ।
सहकारीले सल्लाहकार एवं पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिलाई समेत सम्मान गरेको छ । साधरण सभाले सञ्चालक समितिमा रिक्त कोषध्यक्ष पदमा बाँकी अवधिको लागि सन्दीप अर्याललाई चयन गरेको छ ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया