जेष्ठ नागरिक सबैका अभिभावक हुन्: प्रमुख आचार्य

लेखनाथ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जेष्ठ नागरिक सवैका अभिभावक भएकाले उनीहरुले लगाएको गुन तिर्नुपर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नंं ३२ को लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमको १० औं साधारण सभाको आईतवार सुभारम्भ गर्दै प्रमुख आचार्यले इतिहासका साची जेष्ठ नागरिकको भावनालाई बुझि छोरा छोरीले उनिहरुको अनुहारमा आसु होईन हाँसो ल्याउने खालका काम गरि सुख दिनुपर्ने सुझाव राखेका थिए ।
उनले यस क्षेत्रलाई कास्कीकै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै राधाकृष्ण वृद्धाश्रम, राधाकृष्ण गूरुकुल र राधाकृष्ण मन्दिरलाई एकै ठाउँमा राखेर गुरु योजनाका साथ अगाडी बढ्न शुझाव राख्दै देवी देवताहरुका मन्दिरमा बस्ने जेष्ठ नागरिकको दैनिकीलाई सरल र सहज बनाउदै सवै वृद्धा बुबा आमाको समय समयमा स्वास्थ्य चेक जाँचको व्यवस्था महानगरपालिकाले गर्न लागेको जानकारी गराएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं ३२, का वडा अध्यक्ष अक्कलबहादुर कार्की, वडा नंं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, समाजसेवी शरणकुमार प्रधान, राधाकृषण मन्दिरका सह अध्यक्ष गणेश बहादुर खत्री, गोगन माविका अध्यक्ष मेघराज पौडेल, गगनगौडा खानेपानीका अध्यक्ष राजु खत्री, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य भरत थापा, उज्जल आमा समुहकी अध्यक्ष पवित्रा अधिकारी लगायतले प्रदेशकै नमूना र सुविधा सम्पन्न वृद्धाआश्रम बनाउन सवैको साथ र सहयोगको अपेक्षा गरिएका थिए ।
२०६८ सालमा स्थापना भई हाल सम्म करिव ६० जना जेष्ठ नागरिक भएको राधाकृष्ण वृद्धाश्रममा संस्थाका अध्यक्ष प्रेम लिगलले भावि कार्यक्रमको, रणनिति, महासचिव शोभामोहन पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष शिववहादुर थापाले आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका प्रथम उपाध्यक्ष विश्वराज लामिछानेले धन्यवाद ज्ञापन गरेको सो कार्यक्रमको संचालन महासचिव शोभामोहन पौडेलले गरेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया