डेंगु संक्रमित विद्या भट्टराईलाई सघन उपचार कक्षमा सारियो

समाधान संवाददाता २०७९ कार्तिक २ गते १६:५०

पोखरा ।
एमालेकी केन्द्रीय सदस्य तथा आसन्न निर्वाचनमा एमालेबाट कास्की कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अस्पताल भर्ना भएकी छिन् । मंगलबार उनलाई डेंगु संक्रमण भएपछि मणिपाल अस्पतालमा सघन उपचार कक्षमा उनको उपचार भइरहेको छ ।

Advertisement

भट्टराईको अवस्था अहिले सामान्य रहेको भट्टराईका सहयाेगी कृष्ण आचार्यले जानकारी दिए । ‘ज्वरो आउने हट्ने भइरहेको छ, भेटघाट बन्द गरेका छौं, दुई तीन दिनमा डिस्चार्ज हुनुहुनेछ,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया