खुल्यो ! मेरो पढाइ

पोखरा ।
कक्षा ११, १२ र स्नातक पढ्ने विद्यार्थी लक्षित ई–लर्निब प्लेटफर्म ।।।मेरो पढाइ’
सञ्चालनमा आएको छ । पोखराको क्लिन टेक प्रालिले अनलाइन टिचिब प्लेटफर्म
मेरो पढाइ डटकम सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।
अहिले बीबीएस पहिलो वर्षको पाठ्यवस्तु सार्वजनिक गरिएको छ । एक महिनापछि
अन्य संकायको पनि भिडियो कक्षा चलाउने मेरो पढाइका सीइओ मानवकल्याण
पराजुलीले बताए । हामीले अध्ययन गर्दा ब्याच्लर पहिलो वर्षदेखि दोस्रो
वर्ष जाँदा आधा विद्यार्थी नपढेको देखियो । त्यस्ता विद्यार्थीले आफ्नो पढाइ
पुरा गर्न हामीसँग जोडिँदा लाभदायी हुन्छ,’ उनले भने ।
मेरो पढाइसँग जोडिन ।।।मेरो पढाइ डटकम’ लग इन गर्न सकिन्छ भने गुगल र
एप्पल स्टोर्सबाट एप डाउन्लोड गर्न सकिन्छ । त्यसमा निर्धारित शुल्क तिरेर
जोडिएपछि मान्यता प्राप्त पाठ्यपुस्तक पढाएको भिडियो अध्ययन गर्न सकिने छ ।
छिट्टै विषयगत प्राध्यापकहरुसँग प्रत्यक्ष कक्षा पनि सञ्चालनमा ल्याउने तयारी तयारी
छ । मेरो पढाइको सामग्री प्रयोग गर्दा प्रति विषय मासिक ५ सय रुपैयाँ शुल्क
लाग्छ ।
विद्यार्थीले गाह्रो मान्ने एकाउन्ट, अंग्रेजीजस्ता विषयका सामग्रीलाई अझ
जोड दिइने सीइओ पराजुलीले बताए । मेरो पढाइमार्फत विदेशमा रहेका
नेपालीका बच्चालाई नेपाली भाषा सिकाउने योजना सञ्चालकहरुको छ । त्यसबाहेक
कोरियन, जापानीजलगायत देशका भाषा पनि अनलाइनमार्फत सिकाउने योजना छ ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया