किसानलाई रोटरी क्लवको विउ सहयाेग
समाधान संवाददाता
२०७९ कार्तिक १३ गते १३:३४

लेखनाथ ।
रोटरी क्लब अफ लेखनाथले तरकारीमा आत्मनिर्भर गराउने उद्धेश्यले किसान केन्द्रित कार्यक्रम अन्तरगत किसानलाई विउ वितरण गरेको छ । पोखरा महानगर पालिका वडा नम्बर २६ का किसानहरुलाई हिउँदे तरकारीको विउ बिजन सहयोग गरेको हो ।
कृषि सञ्जाल पोखरा २६ को सहकार्यमा पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले कृषकहरुलाई गुणस्तरीय तरकारीको विउ वितरण गरेका हुन् ।
वडाअध्यक्ष थापाले रोटरी क्लव अफ लेखनाथले किसान केन्द्रित कार्यक्रम मार्फत स्वदेशमा नै तरकारी उत्पादन गरि आयतलाई निरुत्साहीत गर्नुपर्ने धारणा राखेका थिए ।
रोटरी क्लब अफ लेखनाथका अध्यक्ष अम्बिका मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दीपेन्द्र भन्डारीले गरेका थिए भने कार्यक्रम संचालन सचिव सन्तोष गुरुङले गरेका थिए ।
सम्बन्धित









चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
पिएनको स्ववियु कार्यालयमा आर्थिक अपारदर्शिताको आरोपमा तालाबन्दी
अब सजिलै मेटिन्छ तिलाहारबासीको तीर्खा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया