फूलबारी टोलमा दयासागर

समाधान संवाददाता २०७९ कार्तिक १४ गते ११:३१

पोखरा ।
फूलबारी शान्तिपथ टोल विकास संस्था, पोखरा १२ को आठौं अधिवेशन तथा १६ औं साधारण सभाबाट दयासागर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

Advertisement

उपाध्यक्षमा पदम भण्डारी, सचिवमा अनुराग अधिकारी, सहसचिवमा प्रेमप्रसाद श्रेष्ठ र कोषाध्यक्ष बुद्धिप्रसाद सुवेदी चयन भएका छन् ।

सदस्यमा पदमप्रसाद गौतम, रवीन्द्रराज पौडेल, श्रीप्रसाद कोइराला, पदम रेग्मी, मनु नेपाली, देवी शाही ठकुरी, डिलमाया गुरुङ र मनिराज श्रेष्ठ छन् । कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले वडासँग बजेटको कमी नभएकाले राम्रा कार्यक्रम ल्याएमा टोललाई सहयोग गर्ने बताए ।

Advertisement

उनले वडाले वृद्धवृद्धाको सामान्य स्वास्थ्य उपचार घरघरमा नै गएर तथा महिलालाई क्षमता अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने बताए । उनले २ छोरीमात्र जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई ५० हजार प्रदान गर्ने वडाको योजना रहेको जानकारी दिए ।

पोखरा १२ का निवर्तमान वडाध्यक्ष रामबहादुर कार्कीले आफ्नो कार्यकालमा शान्तिपथ टोलको विकासमा योगदान गरेको स्मरण गरे । पूर्व एसपी नरेशबहादुर कार्कीले चापापानी खानेपानी उपभोक्ता समितिको सम्पूर्ण रकम शान्तिपथ टोल विकास संस्थाको कोषमा जम्मा गरिदिने बताए ।

Advertisement

नव निर्वाचित अध्यक्ष दयासागर लामिछानेले सबैको साथ सहयोग लिएर अगाडि बढ्ने कुरामा जोड दिए । संस्थाका अध्यक्ष पुण्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले संस्था स्थापना भएदेखि विभिन्न उतारचढाव भोग्दै संस्थालाई यहाँसम्म ल्याईपुर्‍याएको बताए । कार्यक्रममा संस्थामा विशेष योगदान दिने २४ जनालाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया