आश्रमलाई अर्घौं कृषिको साथ

लेखनाथ ।
अर्घौं कृषि सहकारीले १३ औं स्थापना दिवसको अवसरमा पोखरा २७ डाँडाको नाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाम तथा बाल आश्रममा खाद्यान्न सहयोग गरेको हो । सहकारीले सामाजिक दायित्व अन्तर्गत आश्रममा आश्रित बालबालिकाका लागि नून, तेल, चामल, आलु लगायतका खाद्यान्न प्रदान गरेको हो ।
पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले खाद्यान्न हस्तान्तरण गरे । उने अनाथ असहायको सेवा गर्नु सबैको दायित्व भएको जनाए । वडाध्यक्ष गुरुङले सहकारीमा रहेका साना साना पुँजीलाई एकीकृत गर्न सकेमा विकासको क्षेत्रमा ठूलो फड्को मार्न सकिने औंल्याए । आश्रमका अध्यक्ष श्री १०८ स्वामी विष्णु वशिष्ठ महाराजले सहकारीले गरेको सहयोगप्रति आभार प्रकट गरे ।
संस्थाका अध्यक्ष कलाधर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती सिक्देल भटृराई, सल्लाहकार मित्रलाल तिमिल्सिना, कार्यक्रमका संयोजक प्रभाकुमारी पौडेल, संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल, सञ्चालक सदस्य मीना घर्ती र सचिव हरि लामिछानेले बोलेका थिए ।








वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया