बेगनासताल संरक्षण मञ्चमा कृष्ण
लेखनाथ ।
बेगनासताल संरक्षण तथा विकास मञ्चको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना निर्वाचित भएका छन् । पोखरा ३१ मा क्रियाशील सामाजिक संघ, संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको भेलाले ढुंगानाको अध्यक्षतामा सर्वसम्मत समिति चुनेको हो ।
मञ्चको उपाध्यक्षमा कृष्णप्रसाद तिमिल्सिना, पुरुषत्तोम अधिकारी, सचविमा भरतप्रसाद तिवारी, कोषाध्यक्षमा दुर्गा अधिकारी र सहसचिवमा बुद्धि बहदुर गुरुङ छन् । सदस्यमा रविराज कँडेल, राजेन्द्र जलारी, कविर गुरुङ, श्रीराम कँडेल, रामकृष्ण लामिछाने र मेनुका बास्तोला छन् । १ सदस्यपछि थप गरिने नवनियुक्त अध्यक्ष ढुंगानाले बताए ।
कार्यक्रममा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले वडाको समग्र विकास, निर्माण र वातावरणीय संरक्षणका लागि स्थानीय सामाजिक संघ, संस्थाको समन्वय जरूरी हुने बताए । बेगनासताल धार्मिक पर्यटन तथा विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीको अध्यक्षतामा भएको भेलामा वडाध्यक्ष कँडेलले बेगनासताल यस क्षेत्रकै प्रतिष्ठा र गौरव भएको बताए ।
उनले तालको विकास, संरक्षण र संवद्र्धनमा स्थानीय सरकार, स्थानीय र स्थानीय संघ, संस्थाको सामूहिक प्रयास जरुरी हुने बताए । गर्नु हाम्रो दायित्व रहेको र यस कार्यक्रमको नेतृत्व संघ संस्थाले नै लिनु पर्ने बताए ।
वडा सदस्य देवेन्द्र अधिकारीले संरक्षण र उपयोग तथा विकास निर्माणका कार्य सम्पादन गर्दा सबैको सहयोग र प्रतिवद्धता चाहिने औंल्याए ।
पोखरा महानगरका कानुन अधिकृत राममणि अधिकारीले सहजीकरण गरेको कार्यक्रममा सिड फाउन्डेसनका निर्देशक दामोदरभक्त थापा, बेगनासताल धार्मिक पर्यटन संस्थाका कार्यसमितिका सदस्य सचिव कृष्णप्रसाद ढुंगाना, साउने पानी बरेली वन लामास्वाराका अध्यक्ष कृष्ण तिमिल्सेना, शिवगोरक्ष नाथपीठका अध्यक्ष भरतप्रसाद तिवारी, वडा सदस्य विनोद लामिछाने, लाकुरी युवा क्लबका अध्यक्ष सुरेश लामिछाने, डुंगा व्यवसायी समितिका रवि कँडेल, कोटभैरव संरक्षण समिति अध्यक्ष भूपेन्द्र रानाभाट, कोट देउराली पचभैयाका अध्यक्ष पुरूषोत्तम अधिकारी, जलेश्वर शिव मन्दिर सञ्चालन समिति अध्यक्ष भानुभक्त पौडेल, मंगलधर्म बौद्ध चक्रका बुद्धिबहादुर गुरुङ, पचभैया होमस्टेका कोषाध्यक्ष पदमराज लामिछाने, होटल तथा रेस्टुरेन्ट एसोसियसन अध्यक्ष अर्जुन लम्साल, बेगनासताल महिला समूहका पूर्व अध्यक्ष शान्ति खनाल लगायतले बोलेका थिए ।









लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया