विपद् जोखिम घटाउन तालिम

पोखरा ।
पोखरा महानगरपालिकाले भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपाल, प्राक्टिकल एक्सन नेपाल र लुथरन बल्र्ड फेडेरेसनका प्राविधिक सहयोगमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयमा तालिम सञ्चालन गरेको छ ।
कार्यपालिकाका सदस्य तथा विषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको तालिममा भूकम्प प्राविधि राष्ट्रिय समाज (एनसेट) नेपालका गण्डकी प्रदेशका संयोजक किरण सेढाई, नीति तथा योजना आयोग गण्डकीका उपसचिव प्रेमराज गिरीले सहजीकरण गरेका थिए ।
पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले विपद्को साझा बुझाई निर्माण गर्न तथा शासकीय व्यवस्थामा विपद्को विषयलाई मुल प्रवाहीकरण गर्न तालिम फलदायी हुने बताइन् । उनले संकटासन्न बस्तीको क्षमता विकास गर्न तथा अब बन्ने विकासलाई बलियो बनाउन विपद्को विषयलाई मुल प्रवाहीकरण गर्नुपर्ने उल्लेख गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले सहरी विपद् जोखिम व्यवस्थापन लगायत विकास प्रक्रियामा विपद् जोखिम व्यवस्थापनको सवाललाई मुल प्रवाहीकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकाल, अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)का गण्डकी संयोजक निर्मल चोङवाङ लगायतले तालिमको महत्वबारे बोलेका थिए । युएसआइडी, बिएचए र अन्तर्राष्ट्रिय आप्रवासी संगठन, युएन माइग्रेसनको सहयोगमा तालिम भएको हो ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया