राधाकृष्ण गुरुकुलमा नयाँ समिति

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ ।
नरेन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा गठित समितिका सदस्यमा माधवशरण वाग्ले, घनश्याम खनाल, केशवराज पौडेल, प्रतीक्षा तिमल्सिना, सम्झना पौडेल र विष्णुबहादुर बस्नेत छन् ।
समितिका पदेन सदस्यमा वडाध्यक्ष अक्कलबहादुर कार्की र सदस्य सचिवमा प्रधानाध्यापक प्रकाश रेग्मी छन् ।
आध्यात्मिक जागरणसहित निम्बार्क सम्प्रदायको विस्तार गर्ने लक्ष्यका साथ २०२२ सालमा स्थापित राधाकृष्ण मन्दिर स्थापनाको पाँच दशकपछि यसको सक्रियतामा राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनमा ल्याइएको हो ।
२०७० सालमा स्वीकृति प्राप्त गरी २०७१ सालबाट सञ्चालनमा आएको यस विद्यालयमा कक्षा ६ देखि १० सम्मको अध्यायन हुँदै आएको छ ।
विद्यालयमा हाल विभिन्न जिल्लाबाट आएका ३० विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया