खौला लाँकुरी पोखरा सम्पर्क समाजलाई सहयोग

पोखरा ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका–१३ खौला लाँकुरीमा जन्मी हाल बेलायतमा दीप ज्वेलर्स पसल संचालन गर्दै आएका प्रेम विश्वकर्माले खौलाला कुरी पोखरा सम्पर्क समाजलाई एकलाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समाज खौलाला कुरीमा जन्मिएर स्थायी वा अस्थायी रुपमा पोखरामा बस्दै आएकाहरुको संस्था हो ।
पोखरामा समाज गठन भएर खौलालाँ कुरीबासीबीच आपसी भाइचाराको सम्बन्ध विस्तार, भेटघाट, पारस्परिक सहयोग, सद्भावमा सहयोग पुर्याएको भन्दै विश्वकर्माले समाजका कामकारवाहीलाई प्रभावकारी बनाउन आर्थिक सहयोग गरेका हुन् । ‘समाज गठन गरेर सबैजना एकताबद्ध हुनुभएको रहेछ । यसमा निकै खुशी लागेको छ’ विश्वकर्माल भने, ‘पोखरामा मात्र नभइ जन्मथलोमा शिक्षा, स्वास्थ्य, संस्कृतिलगायत विभिन्न सामाजिक क्षेत्रको विकासमा पनि समाजले पहल गरोस् । मेरो साथसहयोग सदैव रहनेछ ।’ विश्वकर्मा समाजका आजीवन सदस्य जंगबीर विश्वकर्माका जेठा छोरा हुन् ।
समाजले आकस्मिक सहयोग कोष बनाई खौलालाँ कुरीबासीमा आइपर्ने विभिन्न प्राकृतिक तथा मानव सृजित विपद्, कमजोर आर्थिक अवस्था भएका विभिन्न मिर्गौला, मुटु, क्यान्सरलगायत दीर्घरोगी र विभिन्न अप्ठेरोमा परेका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएको छ ।
साथै विभिन्न विषयमा उत्कृष्ट, समाजमा आवद्ध भएका सदस्यहरुका प्लस टु उत्तीर्ण छोराछोरी, ८० वर्ष पुगेका ज्येष्ठ नागरिक, समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई वर्षेनी सम्मान पनि गर्दै आएको छ ।
विश्वकर्माको यो सहयोगले समाजका उल्लेखित कार्यक्रमलाई निरन्तरता दिइरहन र अझै प्रभावकारी बनाउन थप टेवा पुर्याएको समाजका अध्यक्ष जितेन्द्रबहादुर कुँवरले बताए । समाज कास्की जिल्ला प्रशासनमा दर्ता भएको एउटा गैरनाफामुलक सामाजिक संस्था हो ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया