उम्मेदवार जिताउन युवा परिचालन कमिटी गठन
समाधान संवाददाता
२०७९ कार्तिक १७ गते २०:१२

पोखरा ।
युवा संघले पोखरा १४ मा एमाले उम्मेदवारलाई निर्वाचनमा जिताउन समिति गठन गरेको छ । बिहीबार संघले कृष्ण महर्जन नेतृत्वमा २१ सदस्यी समिति गठन गरेको हो । संयोजक महर्जन र उपसंयोजक सुनिल गोतामे रहेको युवा संघ १४ का सचिव दीपेश पौडेलले बताए ।
‘निर्वाचनमा कमिटी परिचालन गर्न वडालाई ८ भाग लगाएका छौं । सोही क्षेत्रबाट पदाधिकारी र २ जना गरेर २१ सदस्यी कमिटी गठन गरेका हौं,’ पौडेलले भने । उनले एमाले उम्मेदवारलाई पोखरा १४ मा भारी मतले विजयी गराउने बताएका छन् ।
‘हामीहरु युवा परिचालन गरेर एमाले उम्मेदवार जिताउँछौं,’ उनले भने ।
सम्बन्धित








नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया