उपकार सहकारीको सभा

पोखरा ।
पोखरा ६ बैदाम स्थित उपकार बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो ।
कार्यक्रममा सहकारी रजिस्टार कार्यलय गण्डकी प्रदेशका प्रमुख रमेश घर्तीले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीलाई आग्रह गरे । सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस बदमासी गरेको हुनाले सदस्यले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोबार गर्नुपर्ने बताए ।
संस्थापक अध्यक्ष ईन्द्र पौडेलले सहकारीले स्थानीयसँग हातेमालो गर्दै विकास, निर्माण र निम्न आय स्रोत रहेका सेयर सदस्यको उत्थानका लागि काम गर्नुपर्ने बताए । सभामा अध्यक्ष सूर्यनाथ पहारीले आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा सदस्य संगिता पहारी बस्नेत, उपाध्यक्ष दुर्गा पहारी, लेखा सुपरिवेक्षण समितिका संयोजक अमृत भुजेल, कोषाध्यक्ष बैकुण्ठ ढुंगाना र सचिव सुन्दरराज पहारी, माता तालबाराही आरतीका अध्यक्ष मंगल नेपाली र युआरएलका अध्यक्ष ठाकुर पन्त लगायतले बोलेका थिए ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया