खाडीमा होइन, स्वदेशमै जवानीः मीना

पोखरा ।
व्यवस्था फेरिएपछि दिनहुँ काठमाडौंबाट विदेश उड्नेको लर्काे टुटेको छैन, अझ लामो हुँदै छ । देशको अर्थव्यवस्थामा रेमिट्यान्सको ठूलो हिस्सा छ । नेपालको समृद्धि देशमै राजगारी र आत्मनिर्भर अर्थतन्त्रको विकास नभएसम्म सम्भव छैन ।
यही कुरालाई दृष्टिगत गरी कास्की २ का एमाले उम्मेदवारले युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न पहलकदमी लिने प्रतिवद्धता गरेका छन् ।
एमालेबाट कास्की २ (२) की उम्मेदवार मीना गुरुङले नयाँ नेपालको सपना देशमै रोजगारी र दह्रो अर्थतन्त्र निर्माण नभएसम्म सम्भव नहुने बताइन् ।
आइतबार पोखरा ८ का मतदातासँग उनले भनिन्, ‘हाम्रो पार्टीले खेतबारीमा पानी, खाडीमा हैन, स्वदेशमै जवानी भन्ने नारा साकार गर्ने प्रण गरेको छ । दूरदर्शी नेतृत्व, स्थिर सरकार र जनताको साथले मात्र यो सम्भव छ ।’
गण्डकी प्रदेशकी पूर्व सांसदसमेत रहेकी गुरुङले अघिल्लो कार्यकालमा आरम्भ भएका र सरकार परिवर्तनपछि अवरुद्ध योजना पूरा गर्न आफू मैदानमा आएको सुनाइन् । वृद्धवृद्धाको सामाजिक सुरक्षा, युवालाई स्वदेशमै रोजगारी, बालबालिकालाई शिक्षा, स्वास्थ्य जस्ता अधिकारको ग्यारेन्टी एमालेले मात्र गर्न सक्ने उल्लेख गरिन् ।
पोखरामा धेरै परिवार वैदेशिक रोजगारी र सैनिक सेवामा रहेको उल्लेख गर्दै उनले थपिन्, ‘दक्ष भएर देश, विदेशका उत्कृष्ट अवसर खोज्ने कुरालाई रोक्नु हुँदैन तर अदक्ष कामदार खाडी पठाएर देशको समृद्धि कहिल्यै सम्भव छैन । यसलाई बदल्ने हाम्रो अठोट छ ।’
कास्की २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले मंसिर ४ पछि बन्ने सरकारले उत्पादन स्वदेशी, बजार विदेशी भन्ने नीति सार्थक पार्ने जनाइन् । उनले वैचारिक रुपमा पूर्व पश्चिम फर्केका दलको अवसरका लागि भएको गठबन्धनलाई जनताले अनुमोदन नगर्ने दाबी गरिन् ।
अधिकारीले आफू मालिक होइन, जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता गरेकी छन् । उनले कास्कीका प्राकृतिक स्रोत, साधनलाई समृद्धिको आधार बनाइने जनाइन् ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया