चप्पल बनाउने तालिम

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेवाः मिस पुचः नयाँसडकको आयोजनामा महिलाका लागि एक हप्ते सीपमूलक तालिम आइतबार सकिएको छ । तालिममा न्युरोड नेवाः मिसा पुचः मा आवद्ध ३२ महिलाको सहभागिता थियो । तालिममा मखमल चप्पल र थैली बनाउन सिकाइएको छ ।
पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले महिला उद्यमशीलताको विकासबाट राष्ट्रिय अर्थतन्त्र सबल हुने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघले स्थापना कालदेखि नै महिला उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको बताउँदै उनले महिलालाई अग्रपंक्तिमै आएर व्यवसाय गर्न आग्रह गरे ।
‘हामीसँग महिलाले सञ्चालनमा ल्याएका व्यवसाय सफल भएका कयौं उदाहरण छन्’, उनले भने, ‘तर, व्यवसाय गर्नु अगाडि महिलाले दक्षता अभिवृद्धिमा भने ध्यान दिनुपर्छ । पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य बन्दना कार्की केसीले हामी केही गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन तालिम र गोष्ठी सहायक हुने धारणा राखिन् ।
नेवा: मिसा पुचः न्युरोडकी अध्यक्ष विमला श्रेष्ठले अहिले आधारभूत तहको तालिम दिइएको र आउँदा दिनमा अझ विशिष्ठ प्रकारको तालिमको आयोजना गर्ने प्रतिवद्धता गरिन् । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट जुना श्रेष्ठ, प्रशिक्षकको तर्फबाट जमर कँडेल, नेवाः पुच न्यूरोडका अध्यक्ष श्यामलाल श्रेष्ठ, नेवाः मिसा पुचः कास्की अध्यक्ष मेनुका श्रेष्ठ, नेवाः मिसा दुबुका केन्द्रीय सदस्य शान्ति उदास र सचिव प्रिती प्रधान श्रेष्ठले बोलेका थिए ।









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया