माछापुच्छ्रे सहकारीमा पुष्पराज

पोखरा ।
माछापुच्छ्रे बचत तथा ऋण सहकारीको २४ औं वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनले पुष्पराज पराजुलीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।
समितिको उपाध्यक्षमा वर्षाकेशव पराजुली, सचिव तोयनाथ लामिछाने, कोषाध्यक्ष प्रकाश पौडेल र सहसचिवमा भवानी शर्मा लामिछाने छन् । सदस्यमा शिवप्रसाद तिमिल्सिना, कमलप्रसाद पौडेल, गोमा पराजुली र सुनिता तिवारी चयन भएका छन् । अधिवेशनले हरिप्रसाद बरालको संयोजकत्वमा प्रकाशचन्द्र तिवारी र राजेन्द्रप्रसाद अधिकारी रहेको लेखा सुपरीवेक्षण समिति पनि गठन गरिएको छ ।
सहकारुीका अध्यक्ष डा. वीरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइराला, सहकारीका उपाध्यक्ष पुष्पराज पराजुली, राष्ट्रिय सहकारी संघका पूर्व केन्द्रीय सञ्चालक डिल्लीराम तिवारी, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेन्द्र पाण्डे, जिल्ला सहकारी संघ कास्कीका वरिष्ठ प्रबन्धक भोजराज घिमिरे, संस्थाका सल्लाहकार सुशीलराज पराजुली लगायतले बोलेका थिए ।
सभाले अध्यक्ष डा. वीरबहादुर कार्कीको संस्थाको आर्थिक वर्ष २०७८।०७९को प्रगति विवरण र भावी कार्यनीतिको प्रतिवेदन, कोषाध्यक्ष तोयनाथ लामिछानेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद बरालद्वारा प्रस्तुत लेखा प्रतिवेदन पारित गरेको छ ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया