कार्यस्थलको हिंसाबारे बिमर्श

समाधान संवाददाता २०७९ कार्तिक २१ गते १७:४४

पोखरा ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजना तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा आइतबार पोखरामा ‘कामको संसारमा हुने हिंसा र दुव्र्यवहार’बारे अन्तक्र्रिया भएको छ ।

Advertisement

अन्तरक्र्रियामा गण्डकी क्षेत्रमा रोजगारदाता उद्योग/प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिको सहभागिता र थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ विज्ञ हंसराम पाण्डेले नेपालको संविधानले नै हिंसा र दुव्र्यवहारलाई बर्जित गरेको दृष्टान्त पेश गर्दै त्यस्त कार्य दण्डनीय हुने बताए ।

कार्यक्षेत्रमा यो वा त्यो बहानामा दुव्र्यवहार गर्न नपाइने र गरेका दण्डको भागिदार बन्नुपर्ने भन्दै उनले सचेत रहन सहभागीलाई आग्रह पनि गरे । ‘काम गर्ने प्रतिकूल वातावरण सिर्जना गर्ने वा यौन हिंसा गर्ने प्रवृत्तिलाई कानूनले दण्डनीय मानेको छ’, उनले भने, ‘कार्यक्षेत्रमा मजदुरमाथि यस्ता व्यवहार गर्नेहरुलाई सामाजिक बहिष्करणमात्रै गरिँदैन, सो उद्योग वा प्रतिष्ठान नै डुब्ने अवस्था सिर्जना हुन्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कार्यक्षेत्रमा हिंसा न्यूनीकरण हैन कि बर्जित नै रहेकोमा जोड दिँदै प्रतिष्ठानका मुख्य व्यक्तिहरु यस मामिलामा बढी सचेत हुनुपर्ने बताए । ‘कानुन सधैँ माथि हुन्छ, त्यसभन्दा पनि मुख्य कुरा नैतिकता र जिम्मेवारी हुन्छ’, उनले भने, ‘व्यावसायिक प्रतिष्ठानलाई मन्दिर बनाउनुपर्छ, नर्क हैन ।’

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष मोती पौडेलका अनुसार सोही उपक्रममा आयोजित मजदुरको सामाजिक सुरक्षाबारेको कार्यशाला गोष्ठीमा विद्यमान सामाजिक सुरक्षासम्बन्धी व्यवस्था तथा आउँदा दिनमा गर्नुपर्ने कामहरुबारे चर्चा गरिएको थियो । पछिल्लो समय कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा सो गोष्ठी आयोजना गरिएको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया