बगर भाइ खलकलाई हिमालयन ब्रुअरीको साथ

पोखरा ।
बगर भाइ खलक एट–ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितालाई हिमालयन बु्रअरीले मुख्य प्रायोजन गर्ने भएको छ । चौधरी ग्रुपको मुख्य उत्पादन मध्येको एक हिमालयन ब्रुअरीले आगामी ५ वर्षका लागि मुख्य प्रायोजन गर्ने भएको हो ।
मुख्य प्रायोजनका लागि सोमबार एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष दिलबहादुर गुरुङ र हिमालयन बु्रअरी तथा सिजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरीले हस्ताक्षर गरेका छन् । ब्रुअरीले प्रतियोगिताका लागि हरेक वर्ष ५ लाख दिनेछ ।
कार्यक्रममा अरुण चौधरी फाउन्डेसन तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुणले खेलकुदमार्फत समाज अभियानका लागि अघि बढेको संस्थासँग सहकार्य गर्न पाउँदा खुसी लागेको सुनाए ।
सहारा युकेका संस्थापक अध्यक्ष तथा सर्पोट नेपाल युकेका संस्थापक सदस्य नवीन गुरुङले दुवै संस्थाको यो सम्बन्ध लामो समयसम्म अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए ।
बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तेजबहादुर गुरुङले सम्झौता आगामी दिनमा खेलकुद विकासका लागि कोशेढुंगे साबित हुने बताए ।
बगर भाइ खलकले भेट्रान्स एट ए साइड फुटबलसहित ग्रास रुट फुटबल प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया