मुस्ताङका सबै पालिकामा मतदाता शिक्षा तालिम

जोमसोम ।
मुस्ताङका स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालालाई मतदाता शिक्षा तालिम दिइएको छ । निर्वाचनमा सकेसम्म बदर मतको संख्या घटाउन निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन जिल्ला स्तरीय, पालिका र वडा स्तरीय रुपमा मतदाता शिक्षा समन्वय समिति गठन गर्न निर्देशन दिएको थियो ।
आयोगको कार्यतालिका बमोजिम सोमबार मुस्ताङका ५ वटै पालिकामा पालिका स्तरीय मतदाता शिक्षा तालिम सञ्चालन भएको छ । सोही क्रममा मुस्ताङको घरपझोङ गाउँपालिकामा मतदाता शिक्षा तालिम सञ्चालन गरिएको पालिका मतदाता शिक्षा समन्वय समितिका संयोजक गौरीप्रसाद आचार्यले जानकारी दिए । यसअघि जिल्ला निर्वाचन कार्यालयले ५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई मतदाता शिक्षा तालिम दिएको थियो ।
घरपझोङ गाउँपालिकासँगै लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा पनि वडासचिव, मतदाता शिक्षामा खटिने स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवाला निकायलाई तालिम दिइएको छ । पालिकाले तालिम दिएपछि वडा स्तरमा पनि वडा मतदाता शिक्षा समन्वय समितिमा अतिरिक्त तालिम दिइनेछ ।
मतदाता शिक्षामा खटिने स्वास्थ्य स्वयंसेविकालाई बदर मत सख्या खटाउन मतदाता शिक्षाको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिलाउने, मतदान गर्न नागरिकलाई उत्प्रेरित गराउने, मतदाताको घरदैलोमा पुगेर दिइने मतदाता शिक्षाको पूर्व तयारी, निर्वाचनमा मतपत्रको ढाँचा र प्रकृति, मतदान प्रक्रिया र अन्य विभिन्न बिषयमा जानकारी गराइएको छ ।
हिमलाल शर्माले मतदाता शिक्षाबारे प्रस्तुतिकरण गरे । घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले मंसिर ४ गते हुने निर्वाचन नेपालीको महोत्सव भएको बताईन् । निर्वाचनमा जो कोही नागरिक पनि मतदानबाट बञ्चित हुन नहुने, नागरिकले आफ्नो मतधिकार स्वतन्त्र रुपमा प्रयोग गर्न पाउने अधिकार संविधानले सुनिश्चित गरिने उल्लेख गरिन् । प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बढीभन्दा बढी मतदान र बदर मतको संख्या न्यूनीकरण गर्न आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाएको बताए ।
तालिमपछि घरपझोङ गाउँपालिकाका ५ वटै वडामा खटिने स्वास्थ्य स्वयंसेविकलाई आयोगबाट पठाएको मतदाता शिक्षा सामग्री हस्तान्तरण गरिएको छ । पालिका स्तरमा प्रमुख प्रशासकीय अधिकृत संयोजकत्वमा ४ सदस्यीय मतदाता शिक्षा समन्वय समिति गठन भइसकेको छ भने सम्बन्धित वडा स्तरमा वडासचिवको संयोजकत्वमा ३ सदस्यीय मतदाता शिक्षा समन्वय समिति बनेको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया