निर्वाचनमा सहजिकरण गरिदिन नेत्रहिन संघको आग्रह

पोखरा ।
नेत्रहिन युवा संघ नेपाल कास्कीले अपांगता भएका व्यक्तिहरु मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम रहेको भन्दै सरोकारवाला निकायलाई सहजिकरण गरिदिन आग्रह गरेको छ ।
संघले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिन, मतदानस्थललाई अपांगता मैत्री बनाउन, सहयोगीको प्रबन्ध गरिदिन, बहिरा व्यक्तीहरुसँग सांकेतिक भाषामा सञ्चार गर्न सक्ने वातावरण सिर्जना गरिदिन सम्वन्धित सरोकारवालासंग अनुरोध गरेको हो ।
अपांगता भएका व्यक्तीहरू आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपांगताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु र सम्बन्धित सरोकारवाला निकायहरूलाई सहजिकरण गरिदिन संघले आग्रह गरेको छ ।
‘नेपालको संविधान २०७२, अपांगता भएका व्यक्तीहरूको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ११ तथा अपांगता भएका व्यक्तीहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रीय महासन्धीको धारा २९ ले अन्य व्यक्तीसरह अपांगता भएका व्यक्तीहरूले पनि राजनितिमा सहभागीता हुन पाउने हक सुनिश्चित गरेको छ तर पनि अपांगता भएका व्यक्तीहरू विभिन्न भौतिक सामाजिक तथा सञ्चारजन्य अवरोधका कारण योग्य भइकन पनि आफ्नो वालिग मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित हुनुपर्ने अवस्था कायम नै छ ।
तसर्थ, कोहि पनि अपांगता भएक व्यक्तीहरू आफ्नो वालिग मताधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागी निर्वाचन आयोग, राजनीतिक दलहरु, अपांगताको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु र सम्बन्धि सरोकारवाला निकायहरूले आआफ्नो तर्फबाट अग्रसर्ता लिइदिनहुन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ बुधबार जारि गरिएको विज्ञप्तिमा भनिएको छ ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया