निर्वाचन विशेष
भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्ने

७ दशकको बलिदानी र संघर्षबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महत्वपूर्ण उपलब्धि हो । यो व्यवस्थालाई संस्थागत गर्दै प्रदेशको विकासको दिशा निर्देश गरेर विकासका योजनामा गण्डकी प्रदेशलाई नमुना प्रदेश बनाउन मेरो उम्मेदवारी हो ।
म आफू संस्कृति र राजनीतिकर्मी भएकाले संस्कृति संरक्षण र प्रवद्र्धनमा योगदान दिने नै छु । एकपटक मैले गाउँपालिका अध्यक्ष भएर काम गरिसकेको छु । विगतमा सुरु गरेका काम पूरा गर्न अझै बाँकी छ । अब मेरो निर्वाचन क्षेत्रसँगै गण्डकी प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउने भिजन मसँग छ ।
जनतालाई छिटोभन्दा छिटो सेवा दिन र बेरोजगारी समस्या अन्त्य गर्न मुख्य भूमिका खेल्छु । एक घर एक धारा, बत्ती, बाटोघाटोको सुविधा दिने र भूमिहीनहरुको लालपुर्जाको समस्या समाधान गर्ने र टोलटोललाई पक्की बाटो बनाउने मेरो भूमिका हुन्छ । मेरो निर्वाचन क्षेत्रमा आधुनिक विकास गर्दै पाँच वर्षको अवधिमा प्रतिव्यक्ति आय दोब्बर गर्ने र पार्टीको घोषणापत्रलाई अक्षरश पालना गर्न मेरो उम्मेदवारी हो ।
सामाजिक सुरक्षा र सामाजिक न्याय कायम गरेर गण्डकी प्रदेशका कुनै पनि नागरिकले पाँच वर्षमा महँगी र निराशा सुन्न नपरोस् भनेर मैले उम्मेदवारी दिएको हुँ । अहिले यो व्यवस्थाप्रति नै मानिसको आक्रोश देखिन्छ । यसलाई बलियो बनाउन र भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्दै समृद्ध प्रदेश बनाउन मेरो भूमिका हुन्छ ।
तपाईको प्रतिक्रिया