लेखनाथ महोत्सव पुस पहिलो साता

लेखनाथ ।
लेखनाथमा पुस पहिलो साता महोत्सव हुने तय भएको छ । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महोत्सवको १८ औं संस्करण पुस ७ देखि १८ गतेसम्म हुने भएको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्रधर आत्रेयले महोत्सवलाई समयानुकूल परिस्कृत गर्दै लगिएको बताए । लेखनाथमा पर्यटकीय क्षेत्रको विकास गर्न सम्बन्धित निकायसँग समन्वय गरी कार्यशाला गोष्ठी गर्ने आत्रेयले जानकारी दिए । उनले घरेलु उत्पादनका सामग्रीको प्रर्दशनी गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गरिने बताए ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ हुने महोत्सवमा ३ सय ३७ स्टल छन् । २ लाख ५० हजारले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको प्रचारप्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले बताए ।
महोत्सवमा १० करोडको कारोबार हुने अनुमान छ । ९५ लाख आम्दानी र ८५ लाख खर्च भई १० लाख बचत गर्ने संघको लक्ष्य छ । बचत रकम प्रदर्शनी स्थल र संघको भवन स्तरोन्नति औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौडयालको जन्मस्थल विकास र पर्यटकीय स्थलको प्रवद्र्धनमा क्षेत्रमा खर्च गर्ने योजना छ ।
महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गराउने आयोजकको भनाइ छ । महोत्सवमा साहित्य, महिला विशेष, विद्यालय स्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी गरिनेछ । ख्याति प्राप्त हास्य कलाकारको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, लोक दोहोरी गीत लाइभ म्युजिक कन्सर्ट मेलाका थपा आकर्षण हुन् ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा, पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र महासचिव उपेन्द्र सुवेदी (राजु)ले बोलेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया