पाेखरा सडक महाेत्सव पुस १३ बाट

पोखरा, २२ मंसिर
अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सडक महोत्सवको तयारी सुरु भएको छ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने नाराका साथ रेबान पोखराले विगत २३ वर्षदेखि गर्दै आएको सडक महोत्सवको २४ औं संस्करणको तयारी सुरु गरिएको हो ।
पुस १३ देखि १७ गतेसम्म पोखरा लेकसाइडको ३ किमी सडकमा महोत्सव आयोजना गर्न लागिएको रेबान पोखरा अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल रुपमा प्रवद्र्धन गर्न रेबानले महोत्सव गर्दै आएको छ ।
५ दिनसम्म चल्ने महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रर्दशन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम महोत्सवमा समावेश गरिने भएको भट्टराईले बताए ।
महोत्सवमा करिब ४ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवकै अवसरमा होटल संघ पोखराले २० प्रतिशत कोठामा छुट दिने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा देशका ७ वटै प्रदेशमा महोत्वसबारे प्रचारप्रसार गरिनेछ । अर्काे वर्ष रजत वर्षका अवसरमा सडक महोत्सवको छिमेकी देशसहित सार्क राष्ट्रमा प्रचार गर्ने योजना रेबानले बनाएको छ । पत्रकार सम्मेलनमा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पनि बोलेका थिए ।







समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया