बालबालिकाबारे एकीकृत कार्यविधि बनाउँदै रुपा

पोखरा ।
बालमैत्री पालिका घोषणा गर्ने योजनामा रहेको कास्कीको रुपा गाउँपालिकाले बालबालिकाको सबै सबाललाई सम्बोधन गर्न एकीकृत कार्यविधि निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । पालिका अध्यक्ष नवराज ओझाले बालबालिकासम्बन्धी एकीकृत कार्यविधि बनाउने प्रतिवद्धता गरेका हुन् ।
पालिकाको साझेदारीमा असल छिमेकी सहयोग संघ (गोनसा) पोखराकाले सञ्चालित सामुदायिक विकास परियोजनाको कार्यक्रम अन्तर्गतको स्थानीय सरोकारवालाका लागि सञ्चालित बाल अधिकार तालिममा अध्यक्ष ओझाले बालबालिकाको सवाललाई सम्बोधन हुने गरी कार्यक्रम ल्याउने बताए । ‘पालिकाले बालबालिकालाई केन्द्रबिन्दुका राखेर सबै कार्यक्रम गरेको छ,’ अध्यक्ष ओझाले भने, ‘हरेक क्षेत्रमा बालबालिकालाई पहिलो प्राथमिकतामा राख्ने छौं ।’
उनले बालमैत्री पालिका बनाउन जनप्रतिनिधिको अहंम भूमिका रहने उल्लेख गरे । अध्यक्ष ओझाले बाल विवाह रोक्नका लागि निम्ता मान्न जानुअघि २० वर्ष पुगेको वा नपुगेको बारेमा सोध्नुपर्ने विचार राखे ।
पालिका उपाध्यक्ष लालसुब्बा गुरुङले बाल संरक्षण कार्यविधि निर्माण र बाल संरक्षण कोष निर्माणमा ध्यान दिइने बताइन् । उनले उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत समुदाय स्तरमा बालबालिका केन्द्रीत कार्यक्रम गरेको जनाइन् । उनले भौतिक पूर्वाधारको अलवा मानवीय विकासको क्षेत्रमा समेत काम गर्ने प्रतिवद्धता गरिन् ।
रुपा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तथा सामाजिक विकास समिति सभापति कृष्ण सुवेदीले कार्यपालिकाको बैठक बसेर बालबालिकाका सवाललाई सम्बोधन हुने गरी नीति निर्माणमा ध्यान दिने प्रतिवद्धता गरे । पालिकाका प्रशासकीय अधिकृत लोकनाथ पौडेलले बालबालिकासम्बन्धी प्रोफाइल निर्माणदेखि बाल अधिकार सुनिश्चित गर्न विशेष योजना बनाएर काम गर्ने बताए ।
बाल अधिकार परिषद् गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद बाग्लेले स्थानीय सरकारले बालबालिकासम्बन्धी नीति निर्माण, सेवा व्यवस्थापनदेखि कार्यान्वयन तहसम्म काम गर्नुपर्ने बताए । उनले स्थानीय बाल अधिकार समिति बनाएर काम गर्न सुझाव दिए ।
उनले बाल कल्याण अधिकारी तोक्नेदेखि समाजसेवी बाल मनोविज्ञ बनाउन आग्रह गरे ।
कार्यक्रममा गोनेसा पोखराका महासचिव श्याम कुँवर, संस्थाका कार्यकारी निर्देशक शिवराज शर्मा, रुपा गाउँपालिकाका कार्यपालिकाका सदस्य सरिता सुनार, संस्थाका परियोजना प्रमुख रजिना बम्जन, कार्यक्रम अधिकृत अमृत अधिकारी, रुपा बाल सञ्जालका अध्यक्ष ममता श्रेष्ठ लगायतले बाल बालिकाको सवालमा बोलेका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया