ल्होसारको तयारीमा तमु धिं
पोखरा ।
तमु समुदायको महान चाड, नयाँ वर्ष ल्होछार तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ । १२ वटा ल्हो (वर्ग)मध्ये यस वर्ष तो ल्हो(बाघ वर्ग)को बिदाइ र हि ल्हो(बिरालो वर्ग)को आगमनको अवसरमा पुस १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गर्ने तय छ ।
१४ र १५ गते तमु धिं नेपालले विविन्न समाजसहित र १६ गते तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रीय समितिको मुख्य आयोजनामा पोखरामा शुभकामना र्यालीसहित अमरसिंहचौरमा विशेष कार्यक्रम गर्ने भएको छ ।
तमु धिंले पुस १४ गते बेलुका हि ल्हो(बिरालो वर्ग)लाई स्वागतका निम्ति पोखरा १७ विरौटास्थित तमु ह्युलचोकमा दीप प्रज्वलनसहित जलपान र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, पुस १४ गते राति १२ बजे हि ल्होलाई स्वागतका लागि तमु प्ये ल्हु संघ फलिना क्होइबोमा बोनफायरमा सहभागी हुने भएको छ ।
१५ गते बिहान पल टासी छ्योएलिङ गोपाल गुम्बा, बौद्ध अर्घौ सदन रामघाट गुम्बा र फलिना क्होइबोमा पुजा, ग्रहशान्ति, पीतृका नाममा बत्ती बाल्ने, रिप लगाउने, गुरु खेगीहरु र मान्यजनसँग आशीर्वाद ग्रहण गर्ने कार्यक्रम तय गरेको छ ।
यसरी नै दिनको १ बजे तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सम्मान एवम पुरस्कार वितरण, विविध साँस्कृतिक कार्यक्रम, गुरुङ संग्रहालय उदघाटनसँगै स्योकैं आयोजना गरिएको तमु धिं नेपालले जनाएको छ ।
हि ल्हो आगमनको अवसरमा तमु धिं नेपाल केन्द्रीय समिति र तमु प्ये ल्हु संघ केन्द्रीय समितिको मुख्य आयोजनामा सबै तमु समाज, संघ संस्थाको सहभागितामा पुस १६ गते महेन्द्रपुलबाट शुभकामना र्याली सुरु भई चिप्लेढुंगा न्युरोड सभागृहचोक लखनचोक बुद्धचोक हुँदै अमरसिंहचौमा विशेष कार्यक्रम गरिनेछ ।
उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, नवनिर्वाचित सांसदलाई बधाई सम्मान, विशेष सांस्कृतिक कार्यक्रम र छेलो प्रतियोगिता गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया