सहज सहकारी ११ वर्षमा
समाधान संवाददाता
२०७९ पुष ५ गते १५:५०

पोखरा ।
सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा भएको छ । सभामा संस्थाका ज्येष्ठ सेयर सदस्य खगेन्द्रमान ताम्राकारले सहकारीमा आवद्ध सबैले सहकारीको मर्म अनुसार काम गर्नुपर्ने बताए ।
संस्थाका सल्लाहकार टुवराज बास्तोलाले उत्पादनशील क्षेत्रसँगै व्यवसायिक क्षेत्रमा सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिए । सो अवसरमा स्नातक र स्नातकोत्तर उतीर्ण भएका सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण बास्तोला, सचिव चिन्तामणि बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना र लेखा समिति संयोजक राजु श्रेष्ठ, उपाध्यक्ष सरिता ताम्राकार लगायतले बोलेका थिए । ६ सय ४३ सेयर सदस्य रहेको सहकारीमा ५ करोड १६ लाख ६ सय सेयर पुँजी छ ।
सम्बन्धित








जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
नीतिगत विभेद र अस्थिरता अन्त्यको माग गर्दै एनसेलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
भिमादमा ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया