पोखरा महोत्सव–समाधान सहकार्य

पोखरा ।
११ औं पोखरा महोत्सवको मिडिया पार्टनरमा समाधान राष्ट्रिय दैनिकले रहने भएको छ । युनाइटेड क्लबको आयोजनामा पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने महोत्सवलाई समाधानले साथ दिने भएको हो ।
समाधानका व्यवस्थापक श्रीप्रसाद पोखरेल र महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारबीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । व्यवस्थापक पोखरेलले विगतका महोत्सवमा जस्तै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।
सामाजिक क्षेत्रमा अग्रणी क्लवसँगको सहकार्यले उत्साहित भएको उनले बतँए । महोत्सवका प्रचारप्रसार संयोजक सुनारले सबै पोखरेलीको महोत्सव भएकाले सबैको साथ र सहयोगले नै पोखरा महोत्सव सफल हुने बताए ।
यस्तै, पोखरा महोत्सवमा युथ कम्युनिटी क्लबले सहकार्य गर्ने भएको छ । मंगलबार एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा एघारौं पोखरा महोत्सवका ब्यानर व्यवस्थापन संयोजक जयराम आचार्य र युथ कम्युनिटी क्लबका केन्द्रीय अध्यक्ष पूर्णकुमार श्रेष्ठ, कास्की जिल्ला अध्यक्ष शोभित बराल र कास्की जिल्लाका कोषाध्यक्ष नवीन श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर गरी सहकार्य गर्ने निर्णय भएको हो ।
युथ कम्युनिटी क्लबका केन्द्रीय अध्यक्ष श्रेष्ठले युनाइटेड क्लबसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । महोत्सवका ब्यानर व्यवस्थापन संयोजक आचार्यले युनाइटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवको तयारी तीव्र रुपमा अगाडि बढिरहेको बताए ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
पोखरा–विराटनगर उडानको पहल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया