२६६ को सित्तैमा जाँच

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा आइएनएफ नेपालको सहकार्यमा भएको १ दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ६६ जनाले सेवा लिएका छन् । अस्पतालको पहुँचबाट टाढा रहेका अति विपन्न तथा गरिबलाई मध्यनजर गर्दै शिविर भएको हो ।
शिविरमा हाड जोर्नी तथा नशा, छाला र अन्य जनरल रोगका बिरामीको स्वास्थ्य जाँचपश्चात् औषधि वितरण गरिएको थियो । चिकित्सकहरू सन्दीप बराल, प्रकाश कार्की र सुरक्षा बरालले बिरामीको चेकजाँच गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष तोरणबहादुर बानियाँले आइएनएफ नेपालले १ दिने शिविर राखेर वडावासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेकोमा आभार प्रकट गरे ।
उनले वडा नं १५ को ५ वर्षे विकास र परिवर्तनको रणनीति अनुरूप पूर्वाधारलाई मात्रै विकास नभनी पूर्वाधारलाई एउटा विकासको पाटो बनाएर स्वास्थ्य, शिक्षा, खेलकुद र स्वरोजगारलाई प्रमुख एजेन्डा बनाएर अगाडि बढेको बताए ।
वडा सदस्य आशीष भण्डारीले निःशुल्क स्वास्थ्य शिविरमा वडाका नागरिकको उल्लेखनीय सहभागिता रहेको भन्दै वडाले छिट्टै वृहत् खेलकुद महोत्सव आयोजना गर्न लागेको बताए ।
आइएनएफका प्रशासन अधिकारी दिवस कुँवरले वडामा रहेर आफ्ना सेवा नागरिकमा प्रवाह गर्न पाएकोमा खुसी लागेको बताए । रेडक्रस नेपालका पूर्व केन्द्रीय सदस्य महेश गुरुङले वृद्धवृद्धालाई विभिन्न स्थलको भ्रमण गराएकोमा धन्यवाद दिए ।
पश्चिम घर भई हाल पोखरा बन क्याम्पसमा अध्ययनरत दीपेन्द्र साउद हाड जोर्नीको समस्या लिएर आएकोमा चिकित्सकले राम्रोसँग चेक जाँच गरी औषधी दिएर पठाएको बताए ।
उनले आफूहरू जस्तै टाढा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य सेवाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै अस्पताल र वडालाई धन्यवाद दिए ।
केही महिना अघिदेखि घुँडा दुखे पनि आर्थिक अभावका कारण औषधोपचार गर्न नसकेकी पोखरा गैरी गाउँकी ६६ वर्षीया लक्ष्मी परियार वडामा निःशुल्क उपचार गर्न पाइन्छ भनेर आएको बताइन् ।









स्पोट्र्स अवार्ड वैशाख १८ गते हुने
मुग्लिन–आँबुखैरेनी पारी २ लेनको सडक
चर्को आलोचनापछि राष्ट्रपतिकी छोरी संज्ञाले बन्दसूचीबाट फिर्ता लिइन् नाम
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया