गणित समाज गण्डकीमा डा. त्रिभुवन

समाधान संवाददाता २०७९ पुष १२ गते १३:१५

पोखरा ।
आइतबार पोखरामा भएको नेपाल गणित समाज गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट सभापतिमा डा. त्रिभुवन शर्मा सर्वसम्मत भएका छन् ।

Advertisement

११ सदस्यीय कार्यसमितिको उपसभापतिमा प्राध्यापक राजेश ठकुराठी, सचिव विश्वराज अधिकारी, कोषाध्यक्ष माधवप्रसाद पौडेल र सहसचिवमा मनबहादुर भुजेल निर्वाचित भएका छन् ।

सदस्यमा पुरुषोत्तम पराजुली, भद्रराज त्रिपाठी, खरिकादेवी पराजुली, ठाकुरप्रसाद पोखरेल, रमेशकुमार आचार्य र मञ्जु सुवेदी छन् ।

संस्थाका अध्यक्ष प्राडा कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राजेश ठगुराठी, नेपाल गणित समाजका केन्द्रीय उपसभापति सहप्राडा श्रीराम खड्का लगायतले बोलेका थिए ।

कार्यक्रममा गणित विषयमा विद्यावारिधि गर्ने सहप्राडा ईश्वरमणि अधिकारी र डा. महेश्वर पराजुलीलाई सम्मान गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया