साना किसानमा सोमलाल

समाधान संवाददाता २०७९ पुष १२ गते १४:३९

पोखरा ।
साना किसान कृषि सहकारी संस्था लिमिटेडको अधिबवशनबाट अध्यक्षमा सोमलाल तिवारी निर्वाचित भएका छन् । तिवारीको यो दोस्रो कार्यकाल हो ।

Advertisement

आइतबार भएको निर्वाचनबाट तिवारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षका लागि तिवारी, कृष्णप्रसाद तिमिल्सिना र भरतराज तिवारीबीच प्रतिस्पर्धा भएको थियो ।

समितिको उपध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः तारामणि घिमिरे, सुवास तिवारी र गगाराम सुवेदी छन् । लेखा समिति संयोजकमा शंकरराज तिवारी र सदस्यमा मन हर्क अधिकारी र राजेन्द्रप्रसाद बराल निर्वाचित भए ।

सञ्चालक समिति सदस्यमा संगीता अधिकारी, शिव भुजेल, मेनका बास्तोला, सरला न्यौपाने, चिरञ्जीवी अधिकारी, रामबहादुर थापा र केशवराज तिवारी चुनिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया