मनाङबाट निर्वाचित टेकबहादुर गुरुङको सांसद पद निलम्बन

पोखरा ।
मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको छ । विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङलाई मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्था अनुसारसांसद पद स्वतः निलम्बनमा परेको सांसद सचिवालयले जनाएको छ ।
गुरुङ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वको सरकारमा श्रम तथा रोजगार राज्यमन्त्री भएका थिए । उनले कांग्रेस माओवादीको गठबन्धनबाट चुनाव लडेर जितेका हुन् । गुरुङमाथि विशेष अदालतमा मुद्दा रहे पनि बिहीबार सांसद सचिवालयले सपथमा सहभागी गराएको थियो ।
गुरुङको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सांसद सचिवालयलाई पत्रचार गरेको थियो । आयोगले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । उनलाई अदालतले ३१ करोड बिगो मागदाबी गरिएको छ ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया