नयाँ परिस्थिति दुर्भाग्यपूर्णः कांग्रेस गण्डकी

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले गठबन्धनलाई सत्ता प्राप्तिको विषयमा मात्र केन्द्रित गर्नु दुर्भाग्यपूर्ण भएको जनाएको छ ।
कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मंगलबार विज्ञप्ति निकालेर मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनलाई नेपाली जनताले आशा र भरोसाका साथ विजय गराए पनि अहिले सरकार गठनका सन्दर्भमा अनपेक्षित र अप्रत्यासित घटनाक्रम हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरे ।
‘५ दलीय गठबन्धन टुटेर माओवादी केन्द्रको नेतृत्वमा एमाले सहितको गठबन्धनको सरकार निर्माण नेपालको प्रजातान्त्रिक इतिहासमा र संसदीय व्यवस्थाको लामो अभ्यासहरुमा यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो,’ विज्ञप्तिमा भनिएको छ ।
कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणवावु श्रेष्ठले यस घटनाले पाँच दलीय गठबन्धनका नेताको जनतामाझ व्यक्त गरेका सम्पूर्ण आश्वासन धोकाधडीमा बदलिनुका साथै देश, जनता र नेपाली कांग्रेस पार्टी स्वयम्लाई पनि धोका भएको दाबी गरे ।
अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले कांग्रेस सदैव प्रजातन्त्रको रक्षा, मुलुक र जनताको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि परिस्थितिको सामना गर्न नेपाली कांग्रेस सक्षम रहेको जनाए ।
कांग्रेस आगामी दिनमा विगतका घटनाक्रमलाई सूक्ष्म विष्लेषण गरी नयाँ ढंग र नयाँ सोंचका साथ सुदृढ संगठन निर्माण गर्दै राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा अगाडि बढ्ने उल्लेख गरिएको छ ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया