युआरएल विरौटा अध्यक्षमा बिमला

पोखरा ।
युआरएल विरौटाको अध्यक्षमा विमला भण्डारी चुनिएकी छन् । मंगलबार भएको युआरएल विरौटा डायग्नोस्टिक प्रालिका सेयर लगानीकर्ताको भेलाले भण्डारीको अध्यक्षतामा सञ्चालक समिति चुनेको हो ।
उपाध्यक्षमा शिवबहादुर थापा र सचिवमा शशिधर पौडेल छन् । सदस्यमा सूर्य पौडेल, गीता लामिछाने, कृष्णप्रसाद ढकाल र सन्दीप अर्याल छन् भने पदेन सदस्यमा युआरएल ग्रुपका अध्यक्ष ठाकुरप्रसाद पन्त र प्रवन्ध निर्देशक गणेशप्रसाद कोइराला छन् ।
युआरएल विरौटाले गएको मंसिर २३ गतेबाट सेवा आरम्भ गरेको हो । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरीले अहिले मुख्य कार्यालयसहित १० शाखा, ४ सेवा केन्द्र र ४ कलेक्सन सेन्टरबाट सेवा दिइरहेको छ ।
डेढ करोड लगानीमा पोखरा १७ र आसपासका सेवाग्राहीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । सेवा सुरुआतको अवसरमा पुस महिनाभर मधुमेह जाँच सित्तैमा र अरु सबै प्रकारका परीक्षणमा ३० प्रतिशत छुट दिइएको छ ।
युआरएल ग्रुपका अध्यक्ष पन्तले गण्डकी प्रदेशवासीलाई स्थानीय रुपमा अत्याधुनिक ल्याब सेवा प्रदान गर्न लागिपरेको बताए । उनले युआरएल फाउन्डेसनमार्फत सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिइने बताए ।









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया